प्रतिनिधिसभाको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित

२१ फाल्गुन २०७४, सोमबार १०:५७

फागुन २१, काठमाडौं ।

प्रतिनिधिसभाको पहिलो बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ ।

सोमबार बानेश्वरमा बसेको बैठकले कार्यविधि पास गरेको हो । त्यसक्रममा नेमकिपाका सांसद प्रेम सुवालले छलफल नै नभई पास गर्न खोजेको भनेर नियमापत्ति गरेका थिए ।

तर, जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका महन्थ ठाकुरले नियम नै नबनेको अवस्था कसरी नियमापत्ति भन्दै प्रति प्रश्न गरे ।

बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने पाँच संसदको नाम पनि पास गरेको छ । एमालेबाट खगराज अधिकारी, कांग्रेसका मानबहादुर विक, माओवादीकी पूर्णाकुमारी सुवेदी, राजपाका लक्ष्मणलाल कर्ण र फोरमका उमाशंकर अर्गरिया छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री नियुक्तिसम्वन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइएको थियो ।