प्रचण्ड र चिनियाँ राजदूतबीच खुमलटारमा भेटवार्ता

१९ बैशाख २०७७, शुक्रबार १३:४२

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी बीच खुमलटारमा भेटवार्ता भएको छ ।

प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको छ ।

चीनले गरेको सहयोगको प्रसंशा गदै प्रचण्डले राजदूत यान्छीलाई धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको प्रचण्डको सचिवालयले बताएको छ । जवाफमा राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

चीनले नेपाललाई कोरोेना रोकथाम तथा उपचारका सहयोग उपलव्ध गर्दै आएको छ । पछिल्लो पटक नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।