प्रचण्ड भन्छन्- “एकचोटी विकासको अन्तिम धक्का दिने चाहाना छ”

१४ मंसिर २०७४, बिहीबार ०९:२१


मंसिर १४ ,चितवन ।

देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेका छन् । आज चितवनमा संञ्चारक्रमीहरुको संगको भेटमा अध्यक्ष दाहालले जनताको मन बुझेर राष्ट्रको विकासमा लागीपर्ने धारणा व्यक्त गरेका छन् । आफूलाई विश्वास गर्न आग्रह गर्दै अध्यक्ष दाहालले राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा आफनो पहुच ज्यादा रहेको भन्दै मन बुझेर राष्ट्रको विकासमा लाग्ने अठोट व्यक्त गर्दै आफूहरुलाई मतदान गर्न जनतालाई आग्रह गरेका छन् । उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको धारणा समेत व्यक्त गरेका छन् । उनले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर समेत गरे । वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै प्रचण्डले आफूहरुले लोकतन्त्र मास्न नभई थप सुदृढ गर्न खोजेको भनाई व्यक्त गरे ।