प्रचण्ड ओलीलाई भेट्न बालकोट

६ माघ २०७४, शनिबार ११:२१

माघ ६, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेर अघि उनकै निवास बालकोट पुगेका हुन् ।


दुई नेताबीच पार्टी एकताबारे छलफल हुनेछ । ओली र प्रचण्डबीच शुक्रबार झण्डै तीन घन्टा दुईबीच मात्र वार्ता भएको थियो ।

भोलि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।