प्रचण्डले हाकिमचोकमा सम्पर्क कार्यालय खोले

१३ फाल्गुन २०७४, आईतवार ०८:३०

फागुन १३, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र चितवनको हाकिमचोकमा सम्पर्क कार्यालय खोलेका छन् ।

 

चितवन ३ का जनप्रतिनिधि प्रचण्डले भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आइतबार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताए ।

चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने प्रचण्डले बताए ।