प्रचण्डको प्रस्ताव अभियोग पत्रः प्रधानमन्त्री ओली

२१ मंसिर २०७७, आईतवार १७:१५

oli

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकार्यसूची बसेको स्थायी कमिटी बैठकमा आफ्नो उपस्थिति नहुने बताउनु भएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकलाई २ पृष्ठ लामो पत्र पठाउँदै ‌ओलीले आफूले कहिले पनि सत्यसँग नलडेको र शक्तिसँग नझुकेको स्मरण गराउनु भएको छ ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डद्वारा पार्टीमा दर्ता गरिएको प्रस्तावलाई अभियोग पत्रको संज्ञा दिनु भएको छ ।

परामर्श र सहमतिमा डाकिने कुनै पनि बैठकमा आफ्नो सहभागिता सदैव रहने कुरा पनि उहाँले उक्त पत्रमा उल्लेख गर्नु भएको छ । हेर्नुहोस् यस्तो छ पत्र