प्रकाशको प्रथम स्मृति दिवस, थामिएन आमाको आँशु

३ मंसिर २०७५, सोमबार १४:०९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ । सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । प्रधानमन्त्री केपी ओलीसहित नेकपाका शीर्ष नेताहरुले उक्त स्मारिका संयुक्त रुपमा विमोचन गरेका हुन् ।

स्मृति दिवसमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेकपाका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो

ह्रदयघातका कारण प्रचण्डपुत्र प्रकाशको एक वर्ष अगाडि आजैका दिन मृत्यु भएको थियो । तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा सुरु देखि नै सक्रिय प्रकाश माओवादी शान्ति प्रक्रियापछि प्रचण्डको निजी सचिवालयमा थिए ।