प्याब्सन काठमाडौ जिल्लाको १४औं अधिवेसन सम्पन्न

५ फाल्गुन २०७५, आईतवार १२:२९

काठमाडौं, प्याब्सन काठमाडौ जिल्लाको १४औं अधिवेसन काठमाण्डौंमा सम्पन्न भएको छ । १४औं अधिवेसनबाट हरिकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ भने बरिष्ठ उपाध्यक्षमा राम केसी , उपाध्यक्षहरुमा गोपाल भण्डारी , प्रेम राई , रिता राई निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा प्रल्लाद खनाल र कोषाध्यक्षमा नवराज भट्ट निर्वाचित हुनु भएको छ । सदस्यहरुमा नेपालटार स्थित नेसनल मोडेल हाईस्कुलका प्रिन्सिपल डिएन अधिकारी , बिष्णु प्रसाद अर्याल , बिवेक बिनय , लगायत ४३ जना निर्वाचित हुनु भएको छ ।