प्याजको भाउ बढ्यो

१३ आश्विन २०७६, सोमबार ११:४६

काठमाण्डौ , प्याजको भाउ सोमबार किलोमा ३० रुपैयाँ बढेको छ ।काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा आज प्याज किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेको छ । उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ । नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।