पोखियो ३ हजार किलो सुनचाँदी  (हेर्नुस् भिडियो)

४ चैत्र २०७४, आईतवार ०९:३६

चैत ४, काठमाडौं ।

आकाशबाट सुन वर्षिने बारेका अनेक काल्पनिक कथा कहानीहरु त सुन्नु भएकै होला । तर हालै साँच्चिकै आकाशबाट सुनचाँदी वर्षिएको छ ।

विश्वको सबैभन्दा चिसो ठाउँ रुसको साइबेरियामा हालै आकाशबाट केही चिज वर्षियो । त्यो हिउँ वा पानी थिएन, आकाशबाट सुनचाँदी वर्षिएको थियो ।


९.३ टन सुनचाँदी बोकेको कार्गो जहाज साइबेरियाको याकुत्स विमानस्थलबाट उडान भर्यो । विमानले उडान भर्ने क्रममा रनवेबाटै पोखिन थालेका सुन चाँदीका टुक्राहरु विमानमाथि आकाशमा पुगुन्जेल पनि पोखिने क्रम रोकिएन । स्थानीय २० किलोमिटरको क्षेत्रमा जहाजबाट सुनचाँदीका टुक्राहरु वर्षिरहे ।

इन्धन भर्नका लागि उक्त विमानस्थलमा अवतरण भएर तेल भरी केही छिनमै उडेको उक्त निम्बुस एइरलाइन्सको कार्गो जहाजको कार्गो ढोका खुलै रहेका कारण कच्चा सुनचाँदी पोखिको हो । कच्चा सुन र चाँदीका झण्डै साढे ३ टन बराबरका टुक्राहरु जहाजबाट खसेको बताइएको छ ।

रुसको चुकोट्कास्थित कुपोल खानीबाट उक्त कच्चा सुनचाँदी उत्खनन गरिएको थियो । जहाज सुनचाँदी बोकेर क्रास्नोयास्क सहरतर्फ जाँदै थियो ।

तर कार्गो ढोका खुल्ला भएकाले सुनचाँदी खसिरहेको जानकारी पाएपछि पाइलटले जहाजले पुनः याकुत्स विमानस्थलमै फर्कायो । प्रहरीले पोखिएको सुनचाँदी चोरी हुन नदिनका लागि तत्कालै सुन पोखिएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लियो ।

जहाजबाट सुनचाँदी पोखिएको घटनाको अनुसन्धान भैरहेको बताइएको छ ।

 (हेर्नुस् भिडियो)