पोखरामा विद्यार्थीहरुले सुरु गरे आन्दोलन

५ पुष २०७७, आईतवार १३:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् ।