पोखरामा कोरोना पोजेटिभ देखिएनः स्वास्थ्य मन्त्रालय

२१ चैत्र २०७६, शुक्रबार १९:०७

काठमाडौं , विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका बिरामी पोखरामा अहिलेसम्म कोही पनि नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा शुक्रबार एक व्यक्तिमा कोरोना संक्रमणको पोजिटिभ रिपोर्ट तथा काठमाडौंमा दोस्रो परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।