पेस्तोल देखाई घरफोर्ने पक्राउ

२६ भाद्र २०७६, बिहीबार १२:४२

सिराहा, पेस्तोलको सहायता लिई घरमा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने कृष्ण यादव रहेका छन् । उनलाई सिक्सर पेस्तोल एक थान सहित २४ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको खबर पश्चात जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोल सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।