साउन ३०, काठमाडौं । एजेन्सी
फ्रान्सको राजधानी पेरिसमा नयाँ सार्वजनिक शौचालयप्रति मानिसले क्रोध व्यक्त गरेका छन् । यसले शहरको शोभा घटाउने उनीहरू तर्क गर्छन् ।
पेरिसमा ठाउँ ठाउँमा वातावरणमैत्री शौचालय बनाइएको छ । रातो रंगको शौचालयमा विशेष किसिमका पराल लगाइएका छन् ।
यी शौचालयबाट दुर्गन्ध आउँदैन । शौचालयलाई युरिट्रोटोयर नाम दिइएको छ ।
अमेरिकी पर्यटक जोनाथनले यो शौचालयमा कुनै प्राइभेसी नभएको बताए । शौचालय खुला ठाउँमा भएकाले मानिसलाई असहज लाग्ने सम्भावना छ ।
यसलाई डिजाइन गर्ने फ्रान्सेली निकाय फल्टाजीका अनुसार, यसमा पराल राखिएको छ र यहाँ पानी प्रयोग गरिएको छैन । यसलाई सजिलै कम्पोस्ट गर्न सकिन्छ ।
तर मानिसहरू यो शौचालय पुरुषले मात्र प्रयोग गर्न सकने भनी रिसाएका छन् । अहिले यसलाई ट्रायल बेसिसमा शुरू गरिएको छ ।