‘पेनाल्टी मिस गर्दा पीडा भयो ।’ : लिओनल मेस्सी

३ असार २०७५, आईतवार ०५:१५

असार ३, काठमाडौं ।

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकपमा आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुक्दा पीडा भएको बताएका छन् ।

शनिबार राति भएको खेलमा मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो ।

 

मेस्सीले भने, यो हाम्रो लागि मौका थियो । तर, पेनाल्टी मिस गर्दा पीडा भयो ।’

 

आइसल्याण्डले खेल्ने भन्दा रोक्न मात्र लाग्ने रणनीति लिएको र त्यसले अर्जेन्टनालाई कठिन बनाएको मेस्सीले बताउका छन् । उनले भने, उनीहरुले थोरै मात्र खेलेको भए हामीले अलि धेरै अवसर श्रृजना गर्न सक्थ्यौं ।

 

विजयी सुरुवात गर्नु महत्वपूर्ण हुने भन्दै उनले तीन अंक जोड्न नसक्दा आफूहरु खुसी नभएको बताएका छन् । तर, अब क्रोएसियासँगको खेलमा केन्द्रित हुनु पर्ने उनले बताए ।

प्रशिक्षक जर्ज साम्पाओलीले आफ्नो टिमले जितका लागि सक्दो प्रयास गरेको बताए ।