पेट सुन्निएर मर्न थाले गाई

३ पुष २०७४, सोमबार ११:३२

पुस ३,काठमाडौं ।
काभ्रेपलान्चोक÷रास –दैनिक १३ लिटर दूध दिने ७० हजार मोलेको गाईले खानाम अरुचि देखाएपछि काभ्रे मण्डन देउपुर नगरपालिका–४ का सेते विक पशु प्राविधिकका पुगे । प्राविधिकसँग सल्लाह लिएर आउँदा उनले गाईको पेट डम्म फुलेको देखे । खानेकुरामा समस्या आएको भनेर उपचार सुरु गरेको केही घण्टामै गाई मरेको थियो । आम्दानीको सा्रेत रहेको गाई मेपछि सेतेको परिवार समस्यामा परेको छ ।


गाई मरेर समस्यामा पर्ने सेते एक्लै होइनन्, भीमनाथ बजगाई, रामकृष्ण बजगाई लगायत कृष्कका गाई पनि यस्तै लक्षण देखाएर मरेका छन् । गाई मर्न थालेपछि कृष्कहरु आतिएका छन् । खानामा अरुचि देखाउने, पेट सुन्निने र आठ घण्टा नबित्दै गाई मर्ने गरेको पीडित कृष्कहरुको भनाई छ । पशु प्राविधिक धु्रव पराजुलीले गुणस्तरीय दाना, आहार र पानी खुवाउन अनुरोध गरेका छन् ।
“एकै पटक एउटै प्रकृतिले पशु मर्नेको कारण पत्ता लाग्न सकेको छैन,” पराजुलीले भने । जिल्ला पशु सेवा कार्यलयले भने हालसम्म यस बारे केहि बताएका
छैनन् ।