पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२ आश्विन २०७५, मंगलवार ११:१०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।

 

गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ। स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए। अवदेखि पेट्रोल लिटरको ११४ र डिजेल÷मट्टितेल १०१ रुपैयाँ पर्ने छ। निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।

मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ। गोइतका अनुसार पेट्रोल लिटरमा २।९२¸ डिजेलमा२।७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९।७९ रुपैयाँ घाटा रहेको र आगमी १५ दिनमा ३१ करोड ६७ लाख घाटा हुने निगमको प्रक्षेपन छ। भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्छ।

अमेरीकी डलरको तुलनामा नेपाली÷भारतीय मुद्राको अवमुल्यन भएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले जानकारी दिए।