पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

२७ पुष २०७६, आईतवार १४:३९

सल्यान , आज सल्यानको शारदा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। पृथ्वी जयन्त्री तथा राष्ट्रिय एकता दिवसको अवसरमा नगरभित्र सार्वजनिक बिदा दिएको हो। नगरपालिका भित्रका सवै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य चौकीलगायतका नगरपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।