पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

१ माघ २०७७, बिहीबार १०:२१

 

काठमाडौं । पूर्वमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए उनी ।