पूर्व राजा ज्ञानेन्द्रकी छोरीलाई घर खाली गर्न ३५ दिने सूचना

४ माघ २०७६, शनिबार १७:०५

काठमाडौ , पूर्व राजा ज्ञानेन्द शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी देवी सिंहलाई नेपाल ट्रष्टले ३५ दिने सूचना जारी गरेको छ ।

नेपाल ट्रष्टले एक सूचना जारी गर्दै उक्त घर खाली गरिदिन आग्रह गरेको हो ।

सर्वोच्च अदालतको निर्णय अनुसार २०७३ साल मै सिंहले प्रयोग गर्दै आएको घर जग्गा ट्रष्टको नाममा कायम भैसकेको थियो ।

उक्त घर खाली गर्न ट्रष्टले पटक पटक पत्रचार र सार्वजनिक सूचना जारी गर्दा समेत घर जग्गा खाली नगरे पछि ट्रष्टले पुन यो सूचना जारी गरेको हो ।

ट्रष्टले उक्त घर ३५ दिन भित्र खाली नभए कानुनी उपचार तिर जाने समेत जनाएको छ ।