पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

२९ मंसिर २०७४, शुक्रबार ०३:०२

मंसिर २९, विराटनगर । पुनः परीक्षाको माग गर्दै विद्यार्थीले मोरङ गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा बिहिवार तोडफोड गरेका छन् ।

विद्यार्थीले बिहिबार विकानै जिपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुको साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाइदिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गदैृ विद्यार्थीहरु आन्द ोलनमाा उत्रिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत थिए । ४७ विद्यार्थी अध्ययनरत रहेकामा विद्यार्थीले पुनः परीक्षा नगराएसम्म आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।
जिएसिटिका सभापति अनुप चपाईले बुधबार भएको परिक्षा रद्द गरेर अर्को परीक्षा पुनःसञ्चालन नगरेसम्म आन्दोलन नरोकिने बताए । क्याम्पस प्रमुख अनयकुमार शाहले विद्यार्थीको आन्दोलन बारे आफुले बुधवार नै उपकुलपति र डिनलाई जानकारी गराईसकेको बताए । उनले परीक्षामा प्रश्नपत्र आउट भएको भन्ने विषयमा सत्यताको विषयमा आन्तरिक रुपमा विश्वविद्यालयले अनुसन्धन समेत थालेको क्याम्पस प्रमुखले बताए । –सौर्य दैनिक