पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते

२३ भाद्र २०७६, सोमबार १०:५३

काठमाडौं, पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनु भएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते हुनु भएको जनाइएको छ ।

पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेर घाइते हुनु भएकी उहाँको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनु भयो ।