पुष्पकमल दाहाल शुक्रवार दिल्ली जाँदै

८ कार्तिक २०७५, बिहीबार १२:५६

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

 

 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली जान लाग्नु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली शर्मासँगको सल्लाह अनुसार शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ ।

उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।