पुर्नगठित माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौमा

२३ जेष्ठ २०७५, बुधबार ०५:४०

जेठ २३, काठमाडौं ।

पुर्नगठित नेकपा (माओवादी केन्द्र)को निटक अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आगामी भदौमा हुने भएको छ ।

सम्मेलनलाई संघर्षको रुपमा सम्पन्न गर्ने अध्यक्ष आलोक रायमाझीले बताए ।

 

उनका अनुसार संविधान प्रदत्त मौलिक अधिकार प्रत्याभूतिका लागि तुरुन्त कानुन बनाई स्नातक तहसम्म निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित, शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्याप्त माफियाकरणको अन्त्य गर्दै वैज्ञानिक समाजावादी शिक्षा प्रणाली स्थापित गर्न नीजि बोर्डिङ स्कुलहरुको मनोमानी र चर्को शुल्क, र सिन्डिकेटको अन्त्य सम्मेलनका मुख्य एजेण्डा हुन् ।

 

दुई दिनसम्म चल्ने सम्मेलनले संगठनका नयाँ नेतृत्वसँगै आगामी कार्यक्रम पारित गर्नेछ ।

 

हालै बसेको आयोजक समितिको बैठकले शैक्षिक र आमूल परिवर्तनको लागि आवशयक परे बलिादानी दिने प्रतिवद्धतासहित सम्मेलन गर्ने निर्णय गरेको हो ।

 

आयोजक समितिमा चार जना थपेर ४४ सदस्यीय बनाइएको पनि रायमाझीले जानकारी दिए ।