पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब

३ पुष २०७४, सोमबार ०३:३२

पुस ३, काठमाडौं । विश्व बैंकले निजी आवास पुर्ननिर्माणका लागि थप ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसंगै पुर्ननिर्माणका लागि थप सहयोग गर्न लागेको हो । यस अघि बैंकले सन् २०१५ मा २ सय मिलियन डलर दिने निर्णय गरेको थियो ।

भूकम्पपछिको प्रारम्भिक अनुमानले ५ लाख घरधुरी क्षति भउको अनुमान गरिएकोमा ६ लाख ५० हजार पुगेको तथा निजी आवास अनुदान पहिला २ लाख रुपैयाँ दिने भनिएकोमा ३ लाख पु¥याएकाले लागत १ खर्ब भनिएकोमा २० अर्ब रुपैयाँ बढेको विश्व बैंकले जनाएको छ ।   विश्व बैंकले थप सहयोगले  पुर्ननिर्माणका लागि वित्तिय व्यवस्थापनमा देखिएको खाडल पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । “नेपाललाई भरपर्दो पुनर्निर्माणका लागि लगानी आवश्यक छ, यो सहयोगले नयाँ विपद् जोखिममा सहयोग पु¥याउनेछ र विकासका मुख्य सूचकांकहरुमा प्रगाति गर्नका लागि निरन्तर सहयोग पु¥याँउछ,” नेपालकाम लागि बैंकका प्रबन्धक ताकुवा कमातले भने । –कारोबार दैनिक