पिसाब रोक्ने बानी छ ? निम्त्याउँन सक्छ यस्ता समस्या

२२ मंसिर २०७६, आईतवार १४:१०

पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ ।

पिसाब रोक्दा हुने समस्या
लामो समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ । पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।

हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

इन्टस्र्टिशल सिस्टाइटिस
यो पीडादायी ब्लाडर सिन्ड्रोम हो,जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ ।अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ ।
मिर्गौला फेल
पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

पिसाबको रंग गाढा हुन्छ

धेरै बेससम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको स्ेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।

पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ
पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ । क्यानडा नेपालबाट