पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

५ भाद्र २०७७, शुक्रबार १२:४८

तानसेन , पाल्पामा विधुत करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। रैनादेवीछहरा गाउँपालिका ६ जुठापौवाको खुनधारामा गएराति अचानक विधुत सर्ट भएर करेन्ट लाग्दा २७ वर्षीया दिलकुमारी पुनको मृत्यु भएको हो।

घरमै करेन्ट लागेर घाइते भएकी दिलकुमारीलाई उपचारको क्रममा तानसेनको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रनाउ मदन गिरीले बताउनु भयो । करेन्ट लागी घाइते भएका झमान सिंह पुनको अवस्था सामान्य रहेको छ।