पार्र्टी एकतालाई अन्तिम रुप दिने

६ माघ २०७४, शनिबार ०९:२७

माघ ६, काठमडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्र्टी एकताका बारेमा शनिबार पनि छलफल हुँदैछ । आइतबार पार्र्टी एकता समन्वय समितिको बैठक बस्नुअघि एकताको खाकाबारे छलफल हुन लागेको हो ।

दुई पार्र्टीबीचको छलफलमा पार्र्टी एकतासँगै राष्ट्रियसभाको गठन र प्रदेश सरकारको विषयमा पनि कुरा हुने नेताहरुले बताएका छन् । राष्ट्रियसभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्ने तयारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शुक्रबार भएको भेटवार्तामा पार्र्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमतिअनुसार शनिबार थप छलफल हुन लागेको हो ।