पाटन क्षेत्रमा सवारी निषेध गर्ने तयारी, वाकिङ स्टि्रट बनाउने तयारी

३० फाल्गुन २०७४, बुधबार ०८:१२

फागुन ३०, काठमाडौं ।

ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन निषेध गर्ने तयारी भएको छ । ठमेल पशुपतिनाथ र असनपछि पाटन दरबार क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्रका रुपमा परिवर्तन गर्न लागिएको हो ।

ललितपुर महानगरपालिकाले यसका लागि पहलकदमी लिएको छ । महानगरपालिकाले महत्वपूर्ण सम्पदा क्षेत्र भएकाले पाटन दरबार क्षेत्रमा सवारीसाधन लैजान नदिने व्यवस्था गर्न छलफल अघि बढा्एको प्रशाशकीय अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए ।

यो क्षेत्र पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा पुरतात्विक महत्वको सम्पदा क्षेत्रमा जाने पर्यटकलाई बढ्दो सवारी चापले समस्या परेकाले स्थानीयसँग छलफल थालिएको ट्राफिक प्रहरी निरीक्षम सितारम हाछेथुले जानकारी दिए ।

पाटन, मंगलबजार आसपासका क्षेत्रमा सवारी आवागमन रोकेर वाकिङ स्ट्रिट बनाउन महानगरपालिकाले पहलकदमी लिएको छ ।

तर, कहिलेबाट, कुन-कुन क्षेत्रमा कस्ता सवारीलाई निषेध गर्ने भन्ने अन्तिम निर्णय भएको छैन । वैशाख १ गतेदेखि पाटनलाई वाकिङ स्टि्रट बनाउनेबारे छलफल अघि बढेको छ ।