पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

२ भाद्र २०७७, मंगलवार ११:३८

काठमाण्डौ, ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उहाँलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको गेलालले जानकारी दिनुभयो ।