पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी पक्राउ

२३ श्रावण २०७६, बिहीबार १७:५६

एजेन्सी
इस्लामाबाद , पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा मुस्लिम लिगकी उपाध्यक्ष मरियम सरिफ पक्राउ परेकी छन् ।

‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’का अनुसार बिहीबार उनी जेलमा रहेका आफ्ना बावुलाई भेटेर फर्कने बेला पक्राउ परेकी हुन् । पाकिस्तानमा ठूलो मानिएको चौधरी सुगर मिल्स मुद्दामा मरियम पनि संलग्न रहेको भन्दै उनीमाथि मुद्दा थियो । उनी अहिले हिरासतमै रहेको स्थानीय मिडियाले जनाएका छन् ।