पाँच सीडीओको सरुवा

१ कार्तिक २०७६, शुक्रबार १७:४८

काठमाडौं , सरकारले पाँच सीडीओको सरुवा गरेको छ । गृहमन्त्रालयका अनुसार बर्दियाका प्रमुख जिल्ला आधिकारी रामकुमार कुरुम्वाङलाई स्याङजा सरुवा गरिएको छ । कोशहरी निरौलालाई स्याङजाबाट गुल्मी सरुवा गरेको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यादुनाथ पौडेललाई दार्चुला पठाइएको छ । दार्चुलाका प्रजिअ शंकरबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलबस्तु सरुवा गरिएको छ । प्रेमलाल लामिछानेलाई इप्रका चनौटाबाट बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।