पहिलोपटक कृषि तथा वनविज्ञान विश्वविद्यालयले दीक्षान्त समारोह गर्ने

२२ चैत्र २०७४, बिहीबार १०:३३

चैत २२, काठमाडौं ।

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले पहिलोपटक दीक्षान्त समारोहको तयारी अघि बढाएको छ ।

नेपालको पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा २०६७ सालमा स्थापना भएको विश्वविद्यालयलले आगामी बैंशाख २१ गते दीक्षान्त समारोह आयोजना गरेको उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए ।

दीक्षान्त समारोहमा ३१२ जना विद्यार्थीहरुलाई दीक्षित गरिने छ । जसमा एमएससी एजी, फरेष्टी, भेटेनरी र फिसरिज्का १९१ जना र विएससी एजी र फरेष्टीका १२३ जना छन् ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रमुख अतितिका रुपमा भारतको चौधरीचरण सिंह हरियाणा एगि्रकल्चरल यूनिर्भसिटीका प्रा. डा. केपी सिंह आउने प्रचारप्रचार समितिका संयोजक प्रो. डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।

अमेरीकाको मिचिगन यूर्निभर्सिटीका प्रो. करिम मडेरीया, डा. नन्द जोशी र जापानको यामगुची विश्वविद्यालयका भेटेनरी संकायका डीन प्राध्यापक हिरोसि सातो र देशका अन्य विश्वविद्यालयका उपकुलपतिहरु पनि अतिथिका रुपमा सहभागी हुनेछन् ।

विश्वविद्यालय स्थापनापछि एक जनाले पीएचडी सिध्याएका छन् भने, एमएससी कृषि र भेटेनरी संकायबाट २ २ व्याज र वन संकायबाट एक व्याज एवम् स्नातकमा कृषिबाट १ र बन संकायबाट १ व्याज पास आउट भएका छन् । विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागीताका लागि बैंशाख ५ गतेसम्म र्फम भर्न सक्नेछन् ।

सो अवसरमा विश्वविद्यालयका संकायमा उत्कृष्ट अंक ल्याउने स्नातक र स्नातकोत्तरका १/१ जना विद्यार्थीलाई चान्सलर पदक एवम् संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उपकुलपति पदकबाट सम्मान गर्ने कार्यक्रम रहेको रजिष्ट्रार मनराज कोलाक्षपतिले जानकारी दिए ।

दीक्षान्त समारोहको डे्रस कोर्डका लागि कार्यविधि तयारी भैसकेकेको रजिष्ट्रार कोलाक्षपतिले बताए ।