पहिरोमा पुरिएर बाजुरामा एक बालकको मृत्यु

२५ श्रावण २०७७, आईतवार ११:२९

फाईल तस्विर

कैलाली , बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ वडाको डाँडा गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनु भयो । पहिरोमा परेर ४ बाख्रा र एक गोरु पनि मरेका उहाँले जानकारी दिनु भयो ।