पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा

२३ पुष २०७५, सोमबार १३:४८

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको छ ।

काठमाडौं उपत्यकामा निकै लामो समयपछि यो वर्ष हिउँदे वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार बादल लागेका कारण काठमाडौंको न्युनतम तापक्रम भने बढेको थियो ।