पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधनमा रोक

११ पुष २०७४, मंगलवार १०:२४

पौष ११, काठमाण्डौं ।
पशुपतिनाथ मन्दिर परिसरमा अवदेखि सवारी साधन प्रवेशमा रोक लगाईएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी–साधन प्रवेशमा रोक लगाइएको हो । काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि सवारीसाधन लान रोक लगाईएको हो । यसअघि पशुपतिनाथ मन्दिरकोे पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने व्यवस्था भएपनि अव उपरान्त सवारुचिालक तथा धनिले लान नपाउने भएका हुन. । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले पशुपति परिसर विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहज रुपमा दर्शनको व्यवस्था गर्न गाडी प्रवेश रोकिएको बताए ।