‘जोनी जेन्टलम्यान’ का पल र आँचलसँग दर्शकको सेल्फी क्रेज

१ आश्विन २०७४, आईतवार ०३:४१

असोज १, काठमाडौ । शुक्रबार औषत व्यापार गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले शनिबार भने सुखद कारोबार गरेको छ । शनिबार बिदाको दिन परेकाले पनि देशभरका हलमा दर्शकको उपस्थिती सुखद रहेको छ ।
वितरक सुनिल मानन्धरका अनुसार मल्टिप्लेक्स हलमा पनि बिहानी शोमा ७५ र दिवा शोहरुमा दर्शकको उपस्थिती बाक्लो छ ।

निर्माता अजयमल्ल ठकुरीले काठमाण्डौ बाहिर पनि दर्शकको चाप उच्च रहेको बताएका छन् । दर्शकको उपस्थिती हलमा सुखद रहेपछि चलचित्रका मुख्य कलाकार पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताद्धय अजय र एन्ड्रेयू पौडेल हल–हलमा पुगे । काठमाण्डौको गोपिकृष्ण हल र अष्टनारायण हलमा पल र आँचल पुग्दा दर्शक सेल्फीमा रमाएका थिए । उनीहरुलाइ दर्शकले घेरे र सेल्फी लिए ।  एक्सन र प्रेमलाइ मुख्य कथा बनाएर तयार पारिएको यो चलचित्रले भोलीबाट गर्ने कारोवारले यसको लाइफ टाइम व्यापारलाइ निर्धारण गर्नेछ ।