पर्यटन क्षेत्र सम्बद्ध वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन

१८ चैत्र २०७५, सोमबार १६:४२

काठमाडौं, पर्यटन क्षेत्र सम्बद्ध वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन आएको छ । युवा पर्यटन ब्यवसायीद्वय रमेश पौडेल र प्रकाश शाक्यले वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी लिएका हुन ।

वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ । उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ ।

नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले सन्चालन गर्दै आर्इरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन ब्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल पार्न लागि पर्नुपर्ने बताए ।