पराराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता

२३ भाद्र २०७६, सोमबार १८:३४

काठमाडौं , परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता भएको छ । वार्ता होटल याक एण्ड यतीमा भएको हो ।

ज्ञवाली वाङ नेतृत्वको प्रतिनिधि मण्डलको वार्तापछि राजनीतिक भेटघाटको तय गरिएको छ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहसचिव वार्तामा रहेका छन्।

यो वार्तापछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु हुनेछ । प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीचको वार्ताको एजेण्डामा केरुङ काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदा पनि पर्ने उल्लेख छ।