परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली/ पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता

१० आश्विन २०७५, बुधबार १०:१९

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता  भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री न्यूयोर्क आइपुगेका हुन् परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गरेका छन् ।