परदेशका अभिभावकहरुमा नेपाली भाषाको चिन्ता

१३ माघ २०७५, आईतवार ११:०८

लक्ष्मण बजगाई
काठमाडौं, सुखद भविष्य खोजेर नेपालबाट आफ्ना बालबच्चा सहित विदेश पुगेका कतिपय आप्रबासी नेपालीहरु विदेशमा बसोबास गर्ने क्रम बढ्दै गएपछि अबको पुस्ताका नेपालीहरुमा नेपाली भाषाको समस्या हुनेमा अभिभावकहरुद्वारै चिन्ता ब्यक्त गर्न थालिएको छ  ।

 

एक महिना अगाडि अष्ट्रेलियाको सिडनीमा सञ्चालित ग्रानभिल शब्दमाला विद्यालयले आयोजना गरेको १ वार्षिक कार्यक्रममा पनि सहभागी अभिभावकहरुले यस्तै चिन्ता ब्यक्त गरेका थिए । विदेशमा बसोबास गर्ने दोश्रो पुस्ताका नेपालीहरुका लागि नेपाली भाषाको ज्ञान नहुनेमा चिन्ता ब्यक्त गरिएको सन्देश विभिन्न सामाजिक सञ्जालहरुबाट पैmलिदै गएपछि गैर आवासीय नेपाली संघका सदस्य अभिभावकहरुले खुल्ला रुपमा यस्तो चिन्ता ब्यक्त गर्न थालेका हुन् ।
नेपालभित्रका विभिन्न आवासीय निजी विद्यालयहरुका बालबालिकाहरुका लागि नेपाली भाषाको सुद्धतामा समस्या आएको चर्चा बढीरहेको बेला परदेशमा समेत नेपाली भाषाको सन्दर्भ जल्दोबल्दो बन्दै गएको अभिभावकहरुले बताउन थालेका छन् । छिमेकी ठूला दुई देश चीन र भारतले आफ्ना भाषीहरु विस्तार गर्दै लगिरहेको बेला नेपाली भाषीहरु खुम्चिदै जाने हो भने यसले नेपाली भाषा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य कमी आउन सक्ने हालै नेपाल आएका अष्ट्रेलिया निवासी एक नेपाली अभिभावक विष्णु घिमिरेले दावी गरेका छन् ।
श्रीमती, एक छोरा र एक छोरी सहित विगत लामो समयदेखि अस्टे«लियामा बस्दै आएका अभिभावक घिमिरेले अष्ट्रेलियाको सुपरिचित शहर सिडनी क्षेत्रमा स्थापना गरी सञ्चालरत नेपाली शब्दमाला विद्यालयले ६ ठाउँमा अध्यापन सेवा सञ्चालन गर्दै आएको बताए । अष्ट्रेलियाको शब्दमाला विद्यालय पछिल्लो समयमा अधिकांश नेपाली अभिभावकहरुको रोजाईमा पर्न थालेको अभिभावक घिमिरेले जनाए । अभिभावक विष्णु घिमिरेले भनेका छन् ‘विदेशमा बस्ने दोश्रो पुस्ताका नेपालीहरुले राष्ट्रप्रेम, नेपाली भाषा र नेपालको मौलिक संस्कृतिलाई उच्च महत्व दिन सकुन् भन्नका लागि र आप्mनो देशको मौलिकपन विदेशमा बसेर बिर्सिन नपरोस् भनेर शुरु गरिएको शब्दमाला विद्यालय अष्ट्रेलिया रहेका अन्य विदेशीहरुको आकर्षण बनेको छ ।’
नेपालबाट विभिन्न पेशा वा व्यवसाय गरेर विदेशमा बस्दै आएका नेपालीहरुले त्यहाँस्थित आफ्ना छोराछोरीहरुलाई विश्वको जुनसुकै कुनामा बसेपनि नेपाली हुन सिकाउदै त्यहाँको संस्कृतिले ती बालबालिकालाई प्रभावित तुल्याउन सक्ने भन्दै अष्ट्रेलियामा नेपाली भाषा विद्यालय सञ्चालन गरिनु राष्ट्रका लागि योगदान भएको धारणा अभिभावक घिमिरेले ब्यक्त गर्दै आएका छन् ।तातोखवर डटकमबाट