पत्रकार सुवेदीको उपचारका लागि आर्थिक सहयोग आह्वान

६ माघ २०७५, आईतवार १०:४९

पत्रकार अर्जुन सुवेदीका लागि आर्थिक सहयोग सुरु गरिएको छ । उनी लामो समयदेखि कलेजो र पित्तथैलीको विरामी हुन् । पत्रकार सुवेदीको वीर अस्पतालदेखि नयाँ दिल्लीमा समेत उपचार गर्दा पनि निको भएको छैन । उनको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि आह्वान गरिएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव बालकृष्ण अधिकारी जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिपछि सुवेदी एक सातादेखि रेला इन्टिच्युट एण्ड मेडिकल सेन्टर चेन्नइमा उपचाररत छन् ।

एक वर्षभन्दा बढी समयदेखि तीन–तीन महिनामा इआरसिपी प्रविधिमार्फत पित्तनलीको स्टेन्ट परिर्वतन गर्दा उपचारमा ठूलो रकम खर्च भएको बताइएको छ । अहिले भइरहेको उपचारमा पनि ४० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने उनको परिवारले जनाएको छ । उनको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकले प्रभु बैंक अनामनगरको खाता नम्बर ००१००१०१०६९२७१०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ । म्याग्दीका सुवेदीले एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
नयाँ पत्रिकाबाट साभार