पत्रकार बस्नेत रिहा भएलगत्तै पुनः पक्राउ

२९ भाद्र २०७५, शुक्रबार १७:४३

काठमाडौं । समाचार लेखेका कारण पक्राउ परेका खोजतलास दैनिकका सम्पादक एवं प्रकाशक राजु बस्नेत रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । पत्रकार बस्नेतलाई आज सर्वोच्च अदालतको आदेशमा रिहा गर्न दिएको आदेश लगत्तै पुन प्रहरीले पक्राउ गरेको हो।

न्यायाधीश दिपकराज जोशीको एकल इजलाशले बस्नेतलाई थुनामा नराख्न आदेश दिएको दिएको थियो। बन्दीप्रत्यक्षीकरण मुद्दामा आदेश जारी गर्दै सर्वोच्चले उनलाई सामान्य तारेखमा रिहा गर्न भनेको थियो। अदालतको आदेश लगत्तै रिहा भएका बस्नेतलाई प्रहरीले सर्बोच्च परिसर बाहिर पक्राउ गरेको हो।

प्रहरीले थप अनुसन्धान र मेडिकल टेष्टका लागि भन्दै उनललाई पक्राउ गरेको हो। केही दिन पहिले बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए।

दृष्टि दैनिकमा प्रकाशित भएको साभार भन्दै उनले उक्त समाचार प्रकाशन गरेका थिए। उक्त समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्दै आएको छ ।