पत्रकार खत्रीको ‘स्कार्फ’ सार्वजनिक

१६ पुष २०७७, बिहीबार १९:२३

 

काठमाडौं । पत्रकार एवम् स्काउट लिडर राजीव खत्रीको ‘स्कार्फ’ नामक नियात्रासंग्रह सार्वजनिक गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरू डा रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा सार्वजनिक गरिएको हो । १४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो ।