पत्रकारहरुको मनोवल गिराउने काम नगरः नेता नेपाल

२८ भाद्र २०७५, बिहीबार १४:५०

 

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पा का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारहरुलाई अनावश्यक रुपमा धरपक्कड गरेर उनिहरुको मनोवल गिराउने काम सरकारले गरेको आरोप लगाएका छन । वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपक्कड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुसाहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।

बिहिबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने, कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न मिल्दैन । मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको भनाई छ । निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न हुदैन , उनले भने ।