पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

३१ असार २०७७, बुधबार १६:४५

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ। त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार २५ जना छन्।