पछिल्लो समय नेपाली कांग्रेसले कार्यकर्तामा एकताको सन्देश दिएको छः रामहरि खतिवडा

६ मंसिर २०७५, बिहीबार १३:०५

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले देशमा विकास र परिवर्तन कांग्रेसले गरेर आएको भन्दै कम्युनिस्टहरू गफै गरेर खानेहरूको झुण्ड भएको आरोप लगाएका छन ।

संचारकर्मी संग कुरा गर्दै खतिवडाले देशमा कांग्रेसले परिवर्तन र विकाश गरेको दावी गरेका छन ।

‘ उनले भने, ‘कम्युनिस्ट सरकारले जनतालाई राहत त दिनै सक्दैन । अहिलेसम्म राहत दिएको छैन । आउने दिनमा पनि राहत दिने कुनै राम्रो संकेत छैन । ’‘यो सरकारबाट जनता निरास छन्’,

नेपाली कांग्रेसका देशभरिका नेता र कार्यकर्ता मिलेको भन्दै पूर्वसांसद खतिवाडाले भने, ‘यो बेला कोइराला परिवारका नेताहरू मिलेका छन् । झन् यति राम्रो अवसरमा कांग्रेसका नेताहरू जनताका माझमा जानु पर्छ ।’

पछिल्लो समय नेपाली कांग्रेसले कार्यकर्तामा एकताको सन्देश दिएको उनले बताए । ‘पार्टीभित्र गुट मात्रै गर्ने होइन’, उनले भने, ‘मिलेर जान सक्छौँ भन्ने सन्देश पनि दिनुपर्छ ।’