पछिल्ला केही दिनयता देशभरको तापक्रम बढ्दो क्रममा

३ फाल्गुन २०७६, शनिबार १६:३८

काठमाडौं, काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए। फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ। जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ, मौसमविद् आर्यालले भने। उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ। अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री र अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, दिपालयको न्युनतम तापक्रम ९.८ डिग्री र अधिकतम तापक्रम २९.१ डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १०.० डिग्री र अधिकतम तापक्रम २०.० डिग्री सेल्सियस, सिमराको न्युनतम तापक्रम १०.६ डिग्री र अधिकतम तापक्रम २६.२ डिग्री सेल्सियस रहेको छ। (थाहाखवर)