न्युजील्यान्डकी प्रधानमन्त्रीले जन्माइन् छोरी

८ असार २०७५, शुक्रबार ०९:२६

असार ८, काठमाडौंं । एजेन्सी

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बुधवार अकल्यान्ड सिटी अस्पतालमा छोरी जन्माएकी छन् ।

प्रधानमन्त्रीले श्रीमान् क्लार्क गेफर्ड र बच्चीका साथ इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् ।

 

पोस्टमा ३७ वर्षीया प्रधानमन्त्रीले भनिन्, ‘हाम्रो गाउँमा तपाईंलाई स्वागत छ । एक स्वस्थ छोरी पाएर हामी एकदमै खुशी छौं । बच्चीको जन्म दिउँसो पौने ५ बजे भएको हो र उनको तौल ३.३१ किलोग्राम छ ।’

 

सत्तामा रहँदा बच्चा जन्माउने आर्डर्न न्युजील्यान्डकी पहिलो नेता हुन् । संसारभरिमा यो दोस्रो घटना हो । यसअघि पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोले सन् १९९० मा छोरी जन्माएकी थिइन् । त्यतिखेर उनी सत्तामा थिइन् ।