न्यायाधीशकीश्रीमती पक्राउ

१५ कार्तिक २०७५, बिहीबार ०८:४४

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता राउत पक्राउ परेकी छन् । उदयपुर प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । आफ्नै श्रीमान न्यायाधीश प्रकाशमान सिंह राउतको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार उनीमाथि अहिले अनुसन्धान हुँदैछ । ललिताले श्रीमान राउतलाई जानकारी नै नदिइ हस्ताक्षर र औंठाछाप किर्ते गरेर अरुको बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको आरोप छ । ललितासँगै उनका दाजु र भाउजु पनि पक्राउ परेका छन् । दाजु भाउजुबाट जन्मेको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएकी थिइन् ।